विराटनगर / मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ११औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट छात्रछात्रा तथा पत्रकारलाई सम्मान गरेको छ ।

आज सम्पन्न भएको साधारण सभामा स्थानीय पत्रकार बावुराम मुडियारीसहित तीन जना जेष्ठ नागरिक र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान गरिएको हो ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष अध्यक्ष जयप्रकाश गच्छदार र उपाध्यक्ष गुनावती देवी थारूले सम्मान सम्मानित व्यक्तिहरुलाई सम्मान गरे । त्यस अवसरमा ग्रामथान गाउँपालिका वडा नं २ का वडा अध्यक्ष यादव खतिवडा, सरस्वती मा.वि. झोराहाट प्रध्यानाध्यापक अशोक लुइँटेल, लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्णहरि घिमिरे, जेष्ठ नागरिक साझा चौतारी नेपाल अध्यक्ष कमल भट्टराईलगायत सहभागी थिए ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष उमा धिमिरे आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरिन । लेखा समितिका संयोजक ढुना देवी गुरागाईंले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिन । रेमिटमा २७२४ जना सदस्य छन् । शेयर पूँजी ३ करोड ४४ लाख ४८ हजार रूपैयाँ छ । निक्षेप १२ करोड ६२ लाख ३२ हजार ४ सय ५३ रूपैया रहेको छ । सहकारीले ७१ लाख ५१ हजार २ सय ९३ रूपैया खुद नाफा गरेको छ ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]