Rajbanshi Khabar

शुक्रबार, आश्विन १९, २०८०

विराटनगर / विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यबाहक मेयर कार्कीले जानकारी दिइन् ।

दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ । त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।

विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने उनको भनाइ थियो । विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरेबमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्रलगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

मेयर नागेश कोइरालाले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षा सेवालाई विशेष प्राथमिकतामा राख्दै आएका छन् ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट लिएको हाे ।

 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]