Rajbanshi Khabar

मंगलबार, आश्विन १६, २०८०

विराटनगर / मोरंग धनपालनथान गाउँपालिका वडा नं. २ खैरबना वोर्डरबाट आयात गरी नेपाल भित्रियाएको १२ बोरा चीनी सहित एकजनालाई खैरबनाकै गाउँलेहरुले प्रहरीको जिम्मा लगााएको छ ।

खैरबनाको गाउँलेहरुले १ थान मोटर साईकल, १२ बोरा चीनी सहित सोहीटोल बस्ने गौतम कुमार साहलाई प्रहरी चौकी अमाही बरियाती खैरबनालाई असोज १५ गते आईतवार विहान जिम्मा लगाएको थियो ।

प्रहरी चौकी अमाही बरियातीले गाउँलेहरुले बुझाएको १२ वोरा चीनी, १ थान मोटर साईकल र गौतम कुमार साहलाई ईलाका प्रहरी कार्यालय रंगेलीलाई सोही दिन जिम्मा लगाएको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीले सोही दिन रानी भन्सार कार्यालयमा २ वोरा चीनी र गौतम कुमार साहलाई भन्सार कार्यालय रानीमा बुझाएको थियो । सोही दिन १० वोरा चीनी इलाका प्रहरी कार्यालय रंगेलीले वेवासरीसे फेलापरेको भनी रानी भन्सार कार्यालयमा बुझाएपछि चीनीको तस्करी प्रहरीकै मिलोमतोमा भई रहेको गाउँलेहरुले आशंका गर्न थालेका छन् ।
चीनी लोड गरेको मोटर साईकल समेत गाउँलेहरुले प्रहरीलाई बुझाएको थियो । तर सो मोटर साईकल भन्सारमा नबुझाएपछि प्रहरी माथि शंका हुनथालेको छ । एकै ठाउँवाट पक्राउ गरिएको १२ बोरा चीनालाई र्दुइ किसिमले किन बुझाईयो ? प्रहरी माथि आमजनताले प्रश्न उठाएको छ । प्रहरीकै मिलोमतोमा तस्करहरुले नेपाल भारत वोर्डरवाट चीनी लत्ताकपडा, खाद्य्यान सामग्रीहरु आयात निर्यात गर्ने गरको स्रोतका दावी छ ।

चीनी बरामद गरेकै गाउँमा रहेको प्रहरी चौकी अमाही वरियातीका प्रहरी सहायक निरीक्षक (असइ) संग यस विषयमा जानकारी लिन खोज्दा म भन्दा माथिकालाई सोध्नु यसबारेमा मलाई केही थाहा नभएको वताए । त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बुद्धि चौलागाइ सोध्दा १२ बोरा चीनी, गौतम कुमार साह र १ थान मोटर साईकल बरामद गरेको स्वीकार गर्दै साहले मेरा दुईवोरा मात्र भएको वताएपछि २ वोरा चीनी र साहलाई भन्सारमा बुझाएको वांकी १० वोरा चीनी कस्को हो भनी थाहा नभएपछि वेवारीसे भनेर बुझाएको वताउँदै मोटरसाईकल इलाका प्रहरी कार्यालयमा राखिएको छ सो सम्वन्धमा अनुसन्धा भईरहेको वताए ।
२ वोरा चीनी सहित गौतम साहलाई इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएपछि साहलाई धरौटीमा छाडेको र वेवारीसे १० वोरा चीनीको समेत कानूनी प्रक्रिया पुरागरी लिलाम जाने भन्सार स्रोतले वताए ।

भारतीय बजारमा चीनी प्रति किलो ७० रुपियाँ नेपालीमा पाउँछ भने सोही चिनी भारतवाट तस्करी गरी नेपाल ल्याएपछि दशै, तिहार, छठको अवसरमा १ सय १५ रुपियाँ किलोमा विक्री वितरण गर्ने गरिन्छ ।

यस समाचार क्राइम अपरेशन साप्ताहिक वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]