संजय राजवंशी

बिहिबार, आश्विन ११, २०८०

कटहरी / नेपाली चिकित्सक संघ र कोशी अन्चल शाखाको आयोजनामा र्याली तथा प्रदर्शन गरेका छन् । देशभरिका हस्पिटल तथा स्वास्थ्य क्षेत्र संग सम्बन्ध विभिन्न पेशागत संघ , संस्थाहरुकाे डाक्टरहरु माथि सांघातिक घाइते बनाइएको भन्दै सडक प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

हाल देशभरी चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मी माथी को दुव्र्यवहार र हातपातको घटनाको विरोधमा विराटनगरमा बृहत् र्याली को आयोजना गरिएको नेपाल चिकित्सक सङघका माहासचिव डाक्टर राजेन्द्र चाैधरीले बताए ।

उक्त र्याली तथा प्रदर्शन कार्यक्रम विराटनगरमा कार्यरत स्वास्थ्यकर्मि , चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीहरुको ब्यापक सहभागीता रहेको छ । र्याली समापन संगै जिल्ला प्रशासन कार्यालय मोरङ्ग पुगि शान्तिपूर्ण धर्ना दिई आफ्नो माग पूरा गर्न सरकार समक्ष जोडदार माग गरिएको चाैधरीले बताए ।

नेपालभरी स्वास्थ्यकर्मि माथि दुरब्यवहार भएको छ । काेशी प्रदेशको राजधानी विराटनगर , बगाैडा अस्पताल चितवन , पाटन लगायत , हेटौंडा , वुटवल , लमजुङ , मनिपाल कलेज लगायतका स्थानहरुमा गम्भीर बनाइएको एक स्वास्थ्यकर्मिले बताए ।

माेरङ जिल्ला प्रमुख अधिकारी विरेन्द्र कुमार यादव मार्फत नेपाल सरकार लाई चिकित्सक, नर्स तथा स्वास्थयकर्मी माथि दुव्र्यवहार तथा हातपात गर्ने लाई अविलम्ब पक्राउ गरि “स्वास्थयकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कारबाही अगाडि बढाउन जोडदार मागका साथ ज्ञापन पत्र बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]