विराटनगर / नेपाल जेसीजको क्षेत्र ” क ” सम्मेलन हुनेभएको छ । उक्त जेसीजको सम्मेलनलाई क्षेत्र ” क ” सम्मेलनकाे नाम दिएको छ । नेपाल जेसीजले बुधबार विराटनगरकाे सिटि प्यालेसमा पत्रकार सम्मेलन गरिएको छ । साे क्षेत्र ” क ” सम्मेलनमा १ हजार ५ सय भन्दा बढि युवाहरुको सहभागिता रहने जानकारी गराइएको छ ।
काेशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित सिटी पार्टी प्यालेसमा नेपाल जेसीजको २ दिने क्षेत्र ” क ” सम्मेलन चल्ने बताएको छ ।
पछिल्लो केही समय नेपाली युवाहरु नेपालबाट विदेश पलायन भइरहेको अवस्था देखिरहेको छ । नेपालमै रोजगारी स्रीजना गरि यहीँ नेपालमै केही राेजगारी तथा ब्यापार गराउने गरी उद्योगी तथा व्यवसायी सँग विराटनगरमा ए सम्मेलन गर्न गहन छलफल गर्ने भएको छ ।
नेपाल राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र ” क ” सम्मेलनका उपाध्यक्ष रश्मी बस्नेत , सम्मेलन निर्देशक क्षेत्र ” क ” जेसि ठाकुर प्रसाद आचार्य र विराटनगर जेसिजका अध्यक्ष जेसि अभिनास थापा काे उपस्थिति रहेको छ ।
उक्त सम्मेलन सम्पन्न गर्न ६५ लाख भन्दा बढि रकम खर्च हुने आयोजक समितिले जानकारी गराएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।