बिराटनगर / विरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा तस्करी गरको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरको छ ।
मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई मंगलवार राती प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको थियो ।

लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एफ ०३३६ नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ । यस समाचार क्राइम अपरेसन वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]