विराटनगर / मानव बेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने नारा सहित सुनसरीमा संचालित प्रोटेक्ट परियोजना सम्पन्न भएको छ ।

रोकथाम,पहिचान शिक्षा र रुपान्तरण ( प्रोटेक्ट) परियोजना विगत ५ वर्षदेखि बर्जुमा संचालित रहेको थियो । आइतबार विराटनगरको इस्टर्न स्टार होटलमा प्लान इन्टरनेश्नल नेपालले एक कार्यक्रमको अयोजना गरि मानव बेचबिखन विरुद्धको परियोजना समापन गरि अबदेखि बर्जु गाउँपालिका मानव बेचविखन विरुद्ध कार्यक्रम वार्षिक नीति तथा कार्यक्रममा समावेश गरि संचालन गर्र्न प्लान इन्टरनेशनलले आग्रह गरेका छन् । समापन समारोहमा बर्जु गाउँपालिका अध्यक्ष जिबछ कुमार रायले बोल्दै भने ‘ बर्जु गाउँपालिका पछाडी पारेका वर्गको बसोबास रहेको क्षेत्र हो । दलित समुदायमा गरिबी,बेरोजगारी रहेको छ । यी समुदायमा १४–१५ वर्षका उमेरमा विवाह गर्ने गरेको रायको भनाइ छ । भारतको सिमानासँग जोडिएको बर्जुमा अहिले पनि लुकी लुकी मानव बेचखिनमा पार्ने गरेको अवस्था छ ।

प्लान इन्टरनेशनल नेपालको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन ) सुनसरीले मावन बेचविखनका सवालमा विभिन्न् कार्यक्रम ५ वर्ष सम्म संचालन गरेकाे कार्यक्रम संयोजक हेमन्त राज पौडेलले जानकारी गराएका थिए । पौडेलले ५ बर्षमा समुदायमा पारेको प्रभाव, उप्लबधी र सिकाइका बारेमा सराेकारवालालाइ बताएका छन ।

आज परियोजनाको समापन कार्यक्रममा बोल्दै बर्जु गाउँपालिका उपाध्यक्ष तथा मानव बेचबिखन विरुद्ध संयोजक नितु चौधरीले भनिन् प्लान इन्टरनेशनल नेपालले मानव बेचविखनको परियोजनाले बर्जुमा धेरै काम गरेकोमा धन्यवाद दिन चाहन्छु तर आज परियोजनाको समापनको कुराले दुख लागेको बताइन । चौधरीले थपजोड दिदै भनिन बजेटको अभावका कारणले महिला सश्क्तिकरण ओझेलमा परेको छ ।

आगामी दिनमा पालिकाले अभियान संचालन गरिने बताइन । प्लान ईन्टरनेशनलका प्रबन्धक अनु उपाध्यायले ५ बर्षको उपलब्धि, सिकाइ,चुनोति र आगामी दिनमा कसरी कार्य गर्ने बारेमा
धारणा राखेकि थिइन ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]