राजेश कुमार सरदार थारु / ग्रामथान

आइतबार, बैशाख १४, २०८२

विराटनगर / २०८२ वैशाख १३ गते शनिबारका दिन
“जोखिम व्यवस्थापन तथा बीमा” सम्बन्धी विषयमा विराटनगरको रुबीच इन होटलमा एक दिने सेमिनार सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका नेपाल बीमा सर्भेयर संघका कोशी प्रदेश केन्द्रीय प्रतिनिधि ओमप्रकाश राठीले बीमा व्यवसायमा नैतिकता र नियमित तालीमको आवश्यकता रहेको बताउँदै बीमा कर्मचारी र सर्भेयरहरूलाई अद्यावधिक ज्ञान र व्यावसायिक आचरणलाई आत्मसात् गर्नमा समेत जोड दिए।
नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले यस्ता तालिमहरूले गुणस्तरीय व्यवसाय अभिवृद्धि, नैतिक जोखिम न्यूनीकरण, र कम्पनीको विश्वसनीयता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्बीमा कम्पनी सधैँ कर्मचारीको क्षमता अभिवृद्धिमा तत्पर रहेको उल्लेख गरे ।

सेमीनारमा ५ सेसनहरु संचालन गरिएको थियो । डा. रविन्द्र घिमिरेले “जोखिम व्यवस्थापन र बीमा क्षेत्रका समसामयिक विषयहरू”मा प्रस्तुति दिएका थिए।

उनले बीमा क्षेत्रमा व्याप्त नैतिक समस्या, सेवा स्तरमा सुधारको आवश्यकता, र नेपालमा बीमा उद्योगलाई विश्वसनीय बनाउने उपायहरूमा जोड दिएका थिए l

उनले बीमा कम्पनीका कर्मचारीहरूले उच्च इमानदारी, पारदर्शिता र अद्यावधिक ज्ञान राख्नुपर्ने बताउँदै बीमा उद्योगलाई सामाजिक रूपमा मान्यता प्राप्त बनाउने अभियानमा सबैको उत्तरदायित्व रहेको बताए ।
उनले बीमा व्यवसाय शुद्धिकरणमा कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै निरन्तर सिकाइको महत्त्वमाथि जोड दिएका थिए ।

नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेलले “कर्पोरेट सुशासन र बीमा सम्बन्धी कानुनी प्रावधानहरू” विषयमा विस्तृत रुपमा प्रस्तुत गरे ।
उनले बीमा ऐन तथा नियमावलीअनुसार कर्मचारी, व्यवस्थापन तथा बोर्ड सदस्यहरूको अधिकार, कर्तव्य र दण्ड व्यवस्थाबारे चर्चा गरे।
बीमा पोलिसी जारी गर्दा दररेट, निक्षेप पर्ची जाँच गरी मात्र बीमालेख जारी गर्नुपर्ने स्मरण गराउँदै, हरेक कर्मचारीले नियमको कार्यान्वयनमा समान जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।
उनले कर्पोरेट सुशासनले मात्र बीमा कम्पनीलाई दिगो बनाउन सक्ने उनले जोड दिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख प्रबन्धक ईश्वर प्रधानले “दाबी व्यवस्थापन र पुनर्बीमा अन्डरराइटिङ अभ्यास” विषयमा प्रस्तुति दिएका थिए ।
उनले जोखिम स्वीकार्दा उचित अन्डरराइटिङ प्रक्रिया अपनाउनुपर्ने र दाबी दाबी गर्दा सत्यता परीक्षण अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए ।

बीमा व्यवसायलाई सुरक्षित बनाइ राख्न अनुशासित दाबी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले ठगीजन्य दाबी रोक्न सचेत गराएका थिए ।
पुनर्बीमा व्यवसायको सुदृढ अभ्यासमार्फत बीमा कम्पनीहरूले आफ्नो दीर्घकालीन स्थायित्व कायम राख्न सक्ने बताए ।

बीमा तथा जोखिम व्यवस्थापन विज्ञ उदयराज अधिकारीले “नेपालको सन्दर्भमा जोखिम व्यवस्थापन र बीमा क्षेत्रको खाडलहरू” शीर्षकमा आफ्नो विचार राखे ।
उनले जोखिम पहिचान, मूल्यांकन र न्यूनीकरणमा नेपालका बीमा कम्पनीहरूबीच समन्वय र सुधारको खाँचो औंल्याए ।
बीमा कम्पनीका कर्मचारीहरूले केवल विक्रेता नभई जोखिम सल्लाहकारको भूमिका खेल्नुपर्ने र ग्राहकहरूको विश्वास जित्न पारदर्शिता र व्यावसायिक आचरणमा सुधार ल्याउनुपर्ने बताए ।

बीमा विज्ञ श्नारायणकुमार भट्टराईले “जीवन बीमामा विद्यमान समस्याहरू” विषयमा विस्तृत रुपमा प्रस्तुत गरे ।
उनलेले बीमा पोलिसी समयपूर्व रद्द हुने समस्या, न्यून प्रतिफल, अस्वस्थ प्रतिस्पर्धा, अपर्याप्त प्रशिक्षण, नियामकीय अस्थिरता, ठगीजन्य गतिविधि र आन्तरिक कमजोरीहरू बारेमा चर्चा गरे ।
जोखिमको परिभाषा, जोखिम व्यवस्थापनका उपायहरू तथा जीवन बीमामा जोखिम समूहिकरण र मृत्युदरका आधारमा प्रिमियम निर्धारण प्रक्रिया समेत स्पष्ट पारे ।
सहभागीहरुको तर्फबाट २ जनाले कार्यक्रमको समीक्षा गर्दै यस्ता तालीम, सेमीनार नियमित रुपमा गर्नु आवश्यक रहेको बताए र आगामी दिनमा पनि लामो अवधिका तालीमहरु गराउनका लागि अनुरोध गरेका थिए ।

कार्यक्रमा बीमा सिद्धान्त, अन्डरराइटिङ, दाबी व्यवस्थापन, पुनर्बीमा र समसामयिक जोखिम व्यवस्थापन विधिबारे उन्नत प्रशिक्षण प्रदान गर्नु, आधुनिक जोखिम विश्लेषण र ठगी नियन्त्रणका प्रविधिहरू सिकाउनु, अन्तर्राष्ट्रिय अभ्यासहरू साझेदारी गर्नु, बीमा क्षेत्रमा अनुसन्धान र छलफलको वातावरण निर्माण गर्नु जस्ता विभिन्न विषयहरुमा छलफल भएको थियो

कार्यक्रम नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (NIPS) कोशी र बीमा अनुसन्धान तथा व्यवस्थापन प्रतिष्ठान (NIRMA) को सहकार्यमा सम्पन्न भएको थियो ।
सेमिनारको अध्यक्षता NIPS कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले गरेका थिए भने

कार्यक्रमको उद्घाटन नेपाल बीमा प्राधिकरण (NIA) को कोशी प्रदेश प्रमुख विनोद पोखरेल, NIRMA अध्यक्ष डा. रविन्द्र घिमिरे, र खड्ग बहादुर श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य निप्सको उपाध्यक्ष प्रदीप बाबु तिवारीले दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव शप्रकाश पोखरेलले गरेका थिए l
कार्यक्रममा निर्जीवन बीमा,जीवन बीमा, लघु बीमा कम्पनीहरूबाट १६० जना प्रतिनिधिहरू सहभागी भएका थिए भने
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]