विराटनगर / स्थापनाको २६ वर्षपछि महाधिवेशन सम्पन भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वमा सह महामन्त्री अभिषेक चौधरी राजवंशी चयन भएको छ । उहाँ मोरङ्गको कटहरी गाउँपालिका घर भइ हाल काठमाडौमा कर्म गरीरहनुभएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थापना भएको २६ बर्ष पछि प्रथम राष्ट्रिय महाधिवेशन भएको उत्त कार्यक्रम मिति २०८१ असार ११, १२ र १३ गते प्रज्ञा भवन, कमलादि काठमाडौ स्थीत महाधिवेशन सम्पन भएको छ । मुल नाराका साथ सम्पन्न भएको उत्त कार्यक्रम “संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन” रहेको छ ।

काठमाडौमा भएको उत्त महाधिवेशनमा केन्द्रीय तदर्थ समिती, आवद्ध संघ, अध्यक्षबाट मनोनीत एवं १६५ निर्वाचन क्षेत्र निर्वाचित १३२७ जना महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिनोद गुरुङको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य कुशुमदेवि थापामगर र नरेश ताम्राकार सदस्य रहेको निर्वाचन केन्द्रीय समितिले महासंघको विधान २०७९ बमोजिम सर्वसम्मत रुपमा केन्द्रीय कार्यसमिति चयन गरिएको नेपाल लोकतन्त्रवादि राजवंशी संघका केन्द्रीय अध्यक्ष नोताली राजवंशीले बताएका छन ।

निर्वाचित केन्द्रीय कार्यसमिति पदाधिकारीमा ः—
अध्यक्ष ओमबहादुर घर्तिमगर, उपाध्यक्ष युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, बिश्वदिप लिङदेन, महामन्त्री रामजी कोङरेन, मनहरी श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री अभिशेष चौधरी राजवंशी, दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेज बहादुर धिमाल निर्वाचित भएको राजवंशीले बताए ।

सात प्रदेशका १५ पदाधिकारी सहित १०८ सदस्सीय केन्द्रीय कार्यसमिति चयन भएको छ । केन्द्रीय सदस्यहरु यस प्रकार छन ः—

कोशी प्रदेश

सिला तामाङ, प्रतिक्षा राई, लोकबहादुर समालमगर, सुबास लिम्बु, पासाङ शेर्पा, धनकुमारी मगर, टेकबहादुर गुरुङ, पदम निङ्लेखु लिम्बु, केदार सिं गुरुङ, हरिदेबी भुजेल, भगीमान गुरुङ, सुनिता कुमारी उराँव सन्थाल, प्रेमराज तुम्बाहाङ्फे, थामन लामा, खिम तामाङ छन ।

मधेश प्रदेश
बिजय कुमार मंडल, चन्दा लामा, चन्द्रिका कुमारी मगर, अमिर लामा मोक्तान, प्रतिक्षा महर्जन, धनकुमारी पुलामी मगर, लिल बहादुर गोले, जंग बहादुर दास थारु छन ।

बाग्मति प्रदेश
साबित्री थापामगर, जीतबहादुर तामाङ, सरिता श्रेष्ठ, तीर्थ लामा, आङटेण्डी शेर्पा, मदनलाल श्रेष्ठ, केसाङ्मु शेर्पा, अर्जुन कुमार गुरुङ, सानुराम घले, मोहन कुमार तामाङ, पशुपति गुरुङ, लक्ष्मीमाया थिङ, खड्गबहादुर वाइवा, , हिरालाल शाक्य, इन्द्रमाया लामा, योमाया तामाङ, तेजप्रसाद गुरुङ, इन्द्रबहादुर लामा, कृपा श्रेष्ठ, ठाकुर कुमाल, सरिता राना थापामगर, मोहन लाल तामाङ, आकाश लामा, महेन्द्र थापामगर, चन्द्र कुमार तामाङ, राजु कुशुम लामा, बाबुराम तामाङ, , प्रेम कुमारी तामाङ, हिमाल तामाङ, रिजन मर्हजन, सूर्य श्रेष्ठ, बिजय लामा छन ।

गण्डकी प्रदेश
रेनुका काउछामगर, खेम बहादुर गुरुङ, राजु गुरुङ, माया रानामगर, गौमाया खण्डलुक मगर, देब कुमार मानन्धर, बिक्रमबहादुर सारुमगर, भीमबहादुर गुरुङ, कृष्णकुमार गुरुङ, नरजंग घर्तिमगर,

लुम्बिनी प्रदेश
खगेश्वर थापामगर, रामबहादुर रानामगर, होमबहादुर शेरचन, प्रमोद बहादुर श्रेष्ठ, टोपबहादुर थापामगर, सावित्रा रानामगर, सिता श्रेष्ठ, थानबहादुर कुँवरमगर, रुपमाया पुन, टिचन गुरुङ छन ।

कर्णाली प्रदेश
मानबहादुर बुढामगर, अमर बहादुर रौकामगर, हस्त पुनमगर, नन्द बहादुर गुरुङ, कुनज्याप तामाङ, दुर्गा कुमारी श्रेष्ठ, तिलक मर्साङ्गीमगर, बलिमाया बुढामगर, भदे बुढामगर, प्रेमबहादुर राम्जालीमगर, पवित्रा थापामगर पुन, धनबहादुर घर्तिमगर, निमा छिरिङ छन ।

सूदुरपश्चिमाञ्चल प्रदेश
बसन्तीदेवी थापामगर, बासुदेव सिंह ऐतवाल, खड्ग बहादुर बुढामगर, संजय कुमार वैद्य छन ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]