सरीता कर्मकार/विराटनगर

आइतबार, आषाढ १०, २०८१

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका सिक्टि पथरी सडक खण्ड लामो समय देखि नबन्दा स्थानीयहरुले सास्ती खेपी रहेका छन् । डाईनिया देखि उत्तर पथरी राजमार्ग निस्कने यस सडक बर्खाको समयमा बाटोका खाल्डा खुल्डीमा पानी जम्ने र अन्य समयमा धुलो उड्ने जस्ता समस्या त्यहाँका जनताहरुले मार्कामा परेका छन् ।

विषेश गरि अमरदह क्षेत्रका सडक ग्राबेल गरेर छोडिएको कारण त्यहाँ निकै धुलो उड्ने गरेकोले स्थानियहरु बिरामी पर्ने अवस्थामा पुगेको र दुर्घटनाको जोखिम पनी निकै बढ्दै गएको छ । यस अवस्थाको कारण त्यहाँका जनताहरु निकै आक्रोशित भएका छन् ।

सुनवर्षी नगरपालिका वडा न ( २ अमरदह बजारमा रहेको पुजा स्टेशनरीका संचालक बिक्रम सिह गंगाई भन्छन् , ‘नगरपालिकाको लागि दुई चोटी बजेट आएर पनि आधा अधुरा काम मात्र भयो ,सडकको अवस्था देखेर घर बाट समेत बाहिर निस्कन मन लाग्दैन , पसलमा धुलो पसेर बस्न पनी सकिन्दैन चुनाव नजिकै आउदा भोट माग्न हात जोड्दै आउछन् तर चुनाव पछि अनुहार समेत देखाउदैनन् ।

त्यसैगरि सोही ठाँउका अर्का बासिन्दा धनराज बस्नेत भन्छन् , घर बाट बाहिर चोक सम्म पुग्न पनि निकै मुस्किल छ , माक्स नलगाई निस्किए भने त धुलोले बिजोक पार्छ दिन भरी धुलो उड्छ जस्ले गर्दा लुगा सधै फोहोर हुन्छ सथै याहाँको स्थानिहरुको स्वास्थमा समेत असर परेको छ ।

त्यसैगरि अजाद खान भन्छन् , ‘बाटै छेउमा आफ्नो कपडा सिलाउने पसल छ दिनभरी गाडी कुद्छ र कुदे पिछे कुहिरो लागे झै धुलो उड्छ यसले गर्दा हामी निकै अफ्ठारोमा परेका छौँ । यो ठाँउ गाँउपालिका बाट नगरपालिकामा परिर्णत भईसक्यो तर हेर्दा निकै विकट र दुर्गम गाँउ जस्तो देखिन थालेको छ । ’
होटेल संचालन गर्दै आईरहेकी सरिता सापकोटा भन्छिन् , ‘ बिहान घर आगन सरसफाई गरेको दस मिनेटमा धुलोले जस्ताको त्यस्तै पारिदिन्छ , घरका झ्याल ढोकाहरु दिनमा पनी बन्द गरेर बस्नु पर्ने अवस्था छ । ’
बर्खा पछि वडा स्थरीयको सडकहरुको सामान्य मर्मतका हुदै आईरहेको र ठुला बाटोको योजना संघिय र प्रदेश सरकारबाट बजेट छुट्टिएर आएपछि मात्र काम सुरु हुने सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलालले बताए । हरेक वर्षमा करिब एक करोड मात्र बजेट छुट्टिने भएकोले सिङ्गो बाटोलाई पिच बनाउन नसकेको तर ठाउँ ठाँउमा मर्मतका कामहरु गर्दै आएको दुलालले जानकारी दिए । ठुलो बजेट नछुट्टिए सम्म बाटो पुर्ण रुपले बन्ने अवस्था नरहेको र ठुलो योजनाका लागि माग भईरहेको उनले भने ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]