Rajbanshi Khabar

बुधबार, बैशाख २६, २०८१

पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।

तर दैनिक कति पानी पिउने ? कस्तो पानी पिउने ? यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।

मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरु उत्पन्न हुन् थाल्छन् । मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

मौसम परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ । यस्तो मौसममा रुघा–खोकी र भाइरल ज्वरो जस्ता विभिन्न किसिमका समस्याहरु हुने सम्भावना हुन्छ । यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

धेरै जासो पानीको कारण पनि हाम्रो शरीरमा विभिन्न रोगहरु लाग्ने गर्छ । पानीबिना जीवनको कल्पना पनि गर्न सकिदैन ।

मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । हामीले पानी पिउँदा सधैं स्वच्छ पानी पिउनु पर्छ ।हेर्दा सफा पानी देखिए पनि पानी दुषित हुन सक्छ ।

पानी फिल्टर गरेर पिउनु भन्दा उमालेर सेलाएको पानी पिउनु उत्तम हुन्छ । पानी कम पिउदा शरीरमा पानीको कमि हुन जान्छ र मिर्गौलाको पत्थरी, ग्यास्ट्रिक, कब्जियत जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन सुरु हुन्छ ।बिहान उठेको बेला चिसो पानी भन्दा तातो पानी पिउनु उचित हुन्छ ।

दैनिक बिहान तातो पानी पिउने गर्दा यसले तपाइँको तौल घटाउन मद्दत गर्दछ । परापुर्वकाल देखि नै तौल कम गर्नको लागि तातो पानी पिउने प्रचलन छ ।

तातोपानीले शरीरमा तापक्रम बढाउँदछ र यसले शरीरको मेताबोलिक दरमा सुधार गरी शरीरको क्यालोरी कम गर्दछ । जसको परिणाम स्वरूप शरीरको तौल घट्ने र मृगौलालाई पनि स्वास्थ्य राख्न मदत गर्दछ ।

जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथ–साथै विभिन्न किसिमका स्वास्थ्य समस्याहरु हुन सक्छन् । त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ ।

जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि हामी सतर्क हुन आवश्यक छ ।यदि तपाईंलाई माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन ।

पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ ।

त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।

दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ ।
साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो मानिन्छ । जाडो मौसममा बिहानको समयमा मनतातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुने गर्छ ।
धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

शरीरमा पानीको कमी हुँदा तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न समस्या देखा पर्न सक्छन् ।
डिहाइड्रेसन, टाउको दुखाइ, कब्जियत, युरिक एसिड, ग्यास्ट्रिक, पिसाबको इन्फेक्सन, पाचन प्रक्रियामा असन्तुलन लगायत समस्या पानीको कमीले देखिन्छन् ।

दीर्घकालीन रूपमा मिर्गौलाको पत्थरी, युरिक एसिड, मुटुको रोग, छालाको चाउरीपन, शरीरको रोग प्रतिरोधात्मक समस्या कम हुने लगायत समस्या पनि देखिन्छ । यी सबै स्वास्थ्य समस्याको जोखिम कम गर्न दैनिक सन्तुलित रूपमा पानी पिउनुपर्छ । तातो पानी वा चिसो पानी दुवैले हाम्रो शरीरलाई निर्जलीकरण हुनबाट बचाउँदछ तर ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]