Rajbanshi Khabar

शुक्रबार, चैत्र ०९, २०८०

नेपाल यादव सेवा समितिले मोरङका चार जना यादव समुदायका पत्रकारलाई सम्मान गरेको छ । नेपाल सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोहमा चारै जना यादव पत्रकारलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादवलाई समितिले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

होली मिलन समारोहमा विराट प्रेस अनलाइनका अध्यक्ष मुकेशकुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिलकुमार यादव र मकालु टेलिभिजनका सम्वाददाता सुनिल यादवलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव, विराटनगर महानगर समिति अध्यक्ष विरेन्द्र यादव र महानगर समितिका सचिव राकेश रोशन यादवले चारै जना पत्रकारलाई सम्मान गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।नेपाल यादव सेवा समितिको विराटनगर महानगर समितिले शुक्रबार विराटनगरमा होली मिलन समारोहको आयोजना ग¥यो । विराटनगरमा छरिएर बसोवास गरिरहेका यादव समुदाय बिच नजिकको सम्बन्ध कायम गर्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको समितिका विराटनगर महानगर अध्यक्ष विरेन्द्र यादवले बताए ।

होली मिलन समारोहमा नेपाल यादव सेवा समितिको सुनसरी, मोरङ र झापा जिल्लाका पदाधिकारी सहित कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका उपाध्यक्ष कृष्णलाल यादवले विभिन्न पेसा बर्ग र व्यवसायमा आवद्ध यादव समुदाय बिच चिनजान हुँदा बेलाबखत सहयोग आदान प्रदान गर्ने सजिलो होस भन्ने उद्देश्यका साथ होली मिलन समारोहको आयोजना गरिएको बताए ।

नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादव होली मिलन समारोहका प्रमुख अतिथि थिए । नेपाल यादव सेवा समिति सुनसरीका अध्यक्ष गोवर्धन यादव र झापा अध्यक्ष डा. सी.पी. यादव, समितिका मोरङ सल्लाहकार इन्जिनियर शत्रुघन यादव र राजकुमार यादवले होली मिलन समारोहमा सहभागि यादव समुदायलाई आपसी भाइचाराको सम्बन्ध कायम गरेर अगाडि बढ्ने गरी शुभकामना व्यक्त गरेका थिए । नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिका सचिव एवं जनता समाजवादी पार्टी नेपालका युवा नेता राकेश रोशन यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस समाचार चिरफार अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]