कटहरी / काेशी प्रदेशको मोरङ जिल्ला , माेरङ प्रहरी प्रमुख नयाँ एसपी नवराज कार्कीले सादा पोषाकका प्रहरी हटाएका छन् । सादा पाेषाकका प्रहरी परिचालन भइरहेको घुमुवा प्रहरी हटाएका छन् ।

माेरङ प्रहरी यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएका छन् । आ-आफ्नो दरबन्दी रहेको जिल्लामा सरुवा गरेका हुन् ।

यसअघिका एसपी दिपक पोखरेलले राखेका सादा पोशकका सहायक प्रहरी हवल्दार सुदर्शन कालाखेती , प्रहरी जवानहरू चुडामणिा सुयल , काचुम भाेटेनि र अमृत श्रेष्ठ साथै वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल सरुवा गरेका छन् । उनीहरू सबैजना काजमा मोरङमा बसेका थिए । सादा पोशाकमा खटिएका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा एसपी कार्कीले पठाएका छन् ।

वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङ , प्रहरी जवानहरु अमृतको तह्रथुम, भोटेको ओखलढुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो । सरुवा भएका प्रहरीहरुले मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा गएका छन् । यसअघि सादा पोशकमा रहेका प्रहरी सहायक हल्लदार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा रहेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कार्कीले दरबन्दी भएको ठाउँमा पठाउने संगठनको नीति नै रहेको अनुसार गरिएको बताए । नयाँ एसपी कार्की सोमबार मोरङ प्रहरीमा कार्यभार समालेका छन् । उनी आएको भोलीपल्ट सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा सरुवा गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]