विराटनगर / विराट व्यापार संघ विराटनगरले बिहीबार आफ्नो १२औं साधारण सभा तथा अधिवेशनमा २ जना सञ्चारकर्मी सहित ५ जनालाई सम्मान गरेको छ । विराट व्यापार संघका अध्यक्ष नरेशकुमार खत्रीले संघ स्थापना भएको २३ वर्ष यताकै भव्य साधारण सभा तथा अधिवेशन गरेर उद्योगी सञ्चारकर्मी र संघका संस्थापक अध्यक्षलाई सम्मान गरेको छ ।

एसियन थाइफुड्स प्रा.लि. का प्रबन्ध निर्देशक उद्योगी महेश जाजु, एलपी आइरन इन्डष्ट्रिजका प्रोपाइटर तथा मिलन ट्रेड एण्ड सप्लायर्सका सञ्चालक श्यामलाल पौडेल (भवेष) चिरफार डटकमका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादव, मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण र संघका संस्थापक अध्यक्ष ध्रुव  दाहाललाई संघले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र संघका अध्यक्ष नरेशकुमार खत्रीले ५ जनालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्दै सम्मान गरेको हो । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पौडेल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका अतिथिहरूले संघको १२औं साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]