विराटनगर / राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट) ले गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १७औं बृहत भेलाको लागि विराटनगरको नेरुडे लघु वित्त संस्थामा छलफल गरिएको हो ।
राजवंशी समाज उत्थान समिति (विराट) को १७औं वृहत भेलाको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।फाल्गुन ६ गते बृहत भेलाको मुलसमितिको संयोजकमा राजवंशी समाज उत्थान समिति मोरङको अध्यक्ष काशिराम राजवंशी आर्थिक संयोजकमा ईन्द्रलाल राजवंशी सूचना तथा प्रचारप्रसार संयोजकमा राजेश कुमार राजवंशी मन्च व्यवस्थापन समितिको संयोजक पन्न्ना लाल राजवंशी मोटरसाइकल र्याली स्वयंसेवक संयोजक युवराज राजवंशी लगायत जिम्मेवारी पाएको छ ।
विराट राजवंशीहरूको १७औं वृहत भेला फागुन ६ गते विराट राजवंशी सितलु दास गुठीको प्राङ्गण विराटनगर–४ कन्चनवारीमा हुने भएको छ ।
त्यसको लागि फाल्गुन १ गते पत्रकार सम्मेलन र ४ गते मोटरसाइकल र्याली गर्ने भनिएको छ ।रा. स .उ. केन्द्रिय उपाध्यक्ष प्रदीप विस्वास राजवंशीले १७ औं बृहत भेला सफल पार्न भव्यसभ्री रूपले मनाउन बताउनुभयो । त्यसै गरि कटहरि गाउँपालिका वडा १ का अध्यक्ष हरिनारायण राजवंशीले आफ्नो जातिको लागि सहयोग गर्ने बताउनुभयो ।
विराट राजवंशीको भव्य र सभ्य भेला लाई आफ्नो जातीय भेषभुषा ,युवायुवतीसास्कृतिक पहिचान झल्काउने जूलूस झाकी सहित सम्पुर्ण विराट प्रेमी दाजुभाइ , दिदिबहिनी , शिक्षक , कर्मचारी , व्यपारी , राजनीतिकज्ञ , किसान , विधार्थी , कलाकार बृद्वबृद्वा तथा शुभ चिन्तक इष्टमित्रहरुलाइ उपस्थिति भइ कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि राजवंशी समाज उत्थान समिति केन्द्रिय अध्यक्ष भुवनेस्वर मण्डल राजवंशी आग्रह गरिएको छ । भुवनेस्वर मण्डलको अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।