कटहरी / तपाईं आजभोलि बिहान र बेलुकी विराटनगर , झापा , माेरङ र सुनसरी लगायत अन्य क्षेत्रमा देशभरिका बजारको चाैक-चाैकमा भक्का बिक्रीवितरण गरिरहेकाे देख्न सक्नुहुन्छ ।
हाे तयही भाका ( भक्का ) काे दिवस पुष २९ गते भद्रपुरमा ९० वर्षिय सरला राजवंशीले भाका ( भक्का ) बनाएर प्रमुख अतिथि प्रदेश सांसद माननिय भुमि प्रसाद राजवंशीकाे हाथमा दिएर उदघाटन गरिएको झापा जिल्ला अध्यक्ष उतम राजवंशीले बताए ।
काेशी प्रदेशको प्रदेश सभा सांसद भुमि प्रसाद राजवंशीले व्यानर पढि कार्यक्रमकाे सुरुवात गरिएको छ ।
पूर्वी नेपालकाे झापा , मोरङ र सुनसरीका राजवंशी समुदायको सांस्कृतिक उत्सव भाका (भक्का) दिवस मनाइएको छ ।
पुर्वी नेपालकाे राजवंशी समुदायले साधारण भाषामा भक्कालाई भाका भन्ने यी राजवंशी समुदाय झापा , माेरङ र सुनसरी जिल्लामा बसाेबास गरिरहेकाे रासविस केन्द्रीय अध्यक्ष शुबन्त राजवंशीले बताए ।
राजवंशी समाजको संस्कार , संस्कृतिको पहिचान उत्सव मनाउने परम्पराको पहिलो थालनी गर्न लागेको रासविस झापाले जनाएको हो ।
रासविस समितिका झापा जिल्ला अध्यक्ष उत्तम कुमार राजवंशीका अनुसार भक्का दिवस कार्यक्रममा निःशुल्क भक्का खुवाएकाे र २५ जनावाट परम्परागत ओखल ( गहिन ) गहिनमा कुटेकाे चामल पिठोबाट त्यस परिकार तयारी गरिएकाे छ ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गएको मौलिक खाजा भक्काको प्रबर्द्धनमा यो दिवसको उल्लेख्य भूमिका रहेकाे र यसको संरक्षण र प्रवर्द्धन गर्न सके थोरै लगानीमा गरिने व्यवसायको ढोका खुल्ने विश्वास रासविसका पदाधिकारीको रहेको छ ।
जाडो समयमा बाह्रै महिना पर्यटकहरूलाई भक्का प्रति आकर्षण गर्न सकिन्ने बताउदै भद्रपुरमा यस पटक आयोजना भएको भक्का दिवसमा गायक बलराम राजवंशी सहित अन्य राष्ट्रिय तथा चर्चित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेकाे जनाइएको छ ।