Rajbanshi Khabar

बिहिबार, पौष २६, २०८०

कटहरी / तपाईं आजभोलि बिहान र बेलुकी विराटनगर , झापा , माेरङ र सुनसरी लगायत अन्य क्षेत्रमा देशभरिका बजारको चाैक-चाैकमा भक्का बिक्रीवितरण गरिरहेकाे देख्न सक्नुहुन्छ ।

हाे तयही भक्काकाे दिवस पुष २९ गते भद्रपुरमा हुने भएको छ । काेशी प्रदेशको पूर्वी नेपालकाे झापा , मोरङ र सुनसरीका राजवंशी समुदायको सांस्कृतिक उत्सव भाका (भक्का) दिवस मनाउने भएको छ । झापा जिल्लाको सदरमुकाम भद्रपुरमा मनाउने भएको छ ।

पुर्वी नेपालकाे राजवंशी समुदायले साधारण भाषामा भक्कालाई भाका भन्ने यी राजवंशी समुदाय झापा , माेरङ र सुनसरी जिल्लामा बसाेबास गरिरहेकाे रासविस केन्द्रीय अध्यक्ष शुबन्त राजवंशीले बताए ।

राजवंशी समाज विकास समिति ( रासविस ) झापाले आयोजना स्थल भद्रपुरको सिटी गार्डेनमा पत्रकार सम्मेलन गरेर समाजको झापा शाखाको तर्फबाट हुने भक्का दिवसको बारेमा जानकारी दिएको हो ।

राजवंशी समाजको संस्कार , संस्कृतिको पहिचान उत्सव मनाउने परम्पराको पहिलो थालनी गर्न लागेको रासविस झापाले जनाएको हो ।

रासविस समितिका झापा जिल्ला अध्यक्ष उत्तम कुमार राजवंशीका अनुसार भक्का दिवस कार्यक्रममा निःशुल्क भक्का खुवाइने बताउदै २५ जनावाट परम्परागत ओखल ( गहिन ) गहिनमा कुटेकाे चामल पिठोबाट त्यस परिकार तयारी गरिने अध्यक्ष राजवंशीले बताए ।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गएको मौलिक खाजा भक्काको प्रबर्द्धनमा यो दिवसको उल्लेख्य भूमिका रहने र यसको संरक्षण र प्रवर्द्धन गर्न सके थोरै लगानीमा गरिने व्यवसायको ढोका खुल्ने विश्वास रासविसका पदाधिकारीको रहेको छ ।

जाडो समयमा बाह्रै महिना पर्यटकहरूलाई भक्का प्रति आकर्षण गर्न सकिन्ने बताउदै भद्रपुरमा यस पटक आयोजना हुने भक्का दिवसमा गायक बलराम राजवंशी सहित अन्य राष्ट्रिय तथा चर्चित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]