Rajbanshi Khabar

मंगलबार, पौष ०३, २०८०

विराटनगर / विराटनगरबाट ४ महिना अगाडि देखि हराइरहेका तिन जना बालबालिकाहरुलाई आज उद्धार गरिएको छ । उक्त तीन जना बालबालिकाको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको पहलमा भारतबाट उद्धार गरिएको छ ।

गत असोज ६, १० र २८ गते विराटनगर १८ र १९ नम्वर वडाबाट हराएका ५ बर्षीय बालक , ११ बर्षीया बालिका र १४ बर्षीय बालकको भारत स्थित किन इण्डिया , शुभअवसर ग्राम नेपालको सहयोगमा उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ का समन्वय अधिकृत सुमन अधिकारीले बताए ।

अधिकारीका अनुसार उद्धार गरिएका ५ बर्षीय बालक र ११ बर्षीया बालिकालाई परिवारमा पुर्नमिलन गराईएको छ र १४ वर्षीय बालकका परिवार हाल फेला नपरेकाले अस्थायी संरक्षणका लागि सिपीसीएस बेलबारी , मोरङमा राखिएको समन्वय अधिकृत अधिकारीले जानकारी दिए । ५ बर्षीय बालकलाई भारत पूर्णीयाबाट धर्मपुत्रका रुपमा पठाउने तयारी गरेको अवस्थामा उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०६२–०६३ देखि २०७७–०७८ सम्म कोशी प्रदेशबाट १३६ जना बालबालिका हराएका छन् । समन्वय अधिकृत अधिकारीका अनुसार हराएका मध्ये ७१ जना फेला परेको र ६५ जना फेला पर्न बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा समन्वय केन्द्रले अपहरणमा परेकी एक बालिकाको उद्धार गरि पारिवारिक पुर्नमिलन गराएको छ । बेचविखन तथा भारतबाट १५ जना बालबालिकाको उद्धार गरिएको, बेवारिसे अवस्थामा रहेका १३ जना बालबालिकाको उद्धार गरिएको समन्वय अधिकृत अधिकारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]