विराटनगर / विराटनगरको शिक्षादीप कलेजमा प्लस टु अध्ययनरत विद्यार्थीका निम्त्ति अन्तरिक्ष विज्ञानसम्बन्धी ६ दिने कार्यशाला सुरु भएको छ ।

रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा कलेजले प्लस टु साईन्स अध्ययनरत विद्यार्थीहरुका निम्त्ति कार्यशाला आयोजना गरेको हो । विज्ञान बिषय अध्ययनरत कुल ९० जना विद्यार्थीलाई ४ समुुहमा विभाजन गरेर कार्यशालामा सहभागी गराईएको कलेजले जनाएको छ ।

कलेजका अनुसार कार्यशालामा विद्यार्थीले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी र उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नेछन् । स्टीम एजुकेशन तथा खगोल विज्ञानसम्बन्धी शिक्षालाई कलेजमा स्थापित गर्न कार्यशाला राखिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशील देव भट्टराईले बताए ।

पौष २ गतेसम्म चल्ने कार्यशालमा विद्यार्थीहरुलाई ६ दिनसम्म क्रमशः पहिलो दिन सैद्धान्तिक र दोश्रो दिन प्रयोगात्मक कक्षामा सहभागी गराउने तयारी कलेजले गरेको छ । कार्यशालाका दौरान विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिक्नेछन् । खगोलशास्त्रको अन्तिम दुईदिने कार्यशालामा विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाईने बताईएको छ ।

कार्यशालाको उद्घाटन समारोहमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले विद्यार्थीहरुले आफुसँग भएको अवसरलाई सदुपयोग गर्न सिक्नुपर्ने बताए । । शिक्षा क्षेत्रमा विराटनगरले गरेको लगानीले कोशी प्रदेश मात्रै नभएर मधेश प्रदेशलाई पनि आकर्षित गरेको प्रमुख कोइरालाले बताए । ६ दिनको विज्ञान कार्यशालाले विद्यार्थीको सिकाइमा थप ज्ञान हासिल हुने अपेक्षा गरेको उनले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले कार्यशालामा सवै संकायका विद्यार्थीलाई सामेल गराउन सुझाव दिए । उनले सवै विद्यार्थीलाई राखेर कार्यशाला, यसको आयोजना कसरी गरिन्छ भनेर बुझाउन आवस्यक रहेकोमा जोड दिए । विद्यार्थीलाई कार्यशालाबारे बुझाउन सकेमा विद्यार्थी आफै कार्यशालामा लाग्ने उनले बताए । उपकुलपति कोइरालाले भने,‘ शिक्षादीपका विद्यार्थी हौ र केही गर्छौ भन्ने अठोट राख्न विद्यार्थीलाई आग्रह छ ।’

कलेजका अध्यक्ष तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले अहिलेको पुस्ता खोजमुलक भएको उनले बताए । उनले भने,‘ अहिलेको पुस्ता कहिले सिक्दापनि नथाक्ने हो ।’

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एशोसिएसन नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विज्ञान सम्बन्धी कार्यशाला गोष्ठीका लागि विराटनगरका विद्यार्थीलाई काठमाडौं पुग्नु पर्ने बाध्यता रहेकोले विराटनगरको शिक्षादीप कलेजले अब विद्यार्थीहरुको काठमाण्डौ पुग्नु पर्ने बाध्यतालाई निराकरण गरेको बताए ।

मोरङमै पहिलोपटक आयोजना गरिएको यसप्रकृतिको कार्यशालाका लागि ९ जना विज्ञको टोली विराटनगर आएका छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा समेत कार्यशालाले महत्वपूर्ण भुमिका खेल्ने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले बताए ।

शिक्षादीप कलेज विराटनगरको अग्रणी संस्था भएको प्रिन्सीपल खड्काले दावी गरे । उनले भने,‘ हामी अग्रणी संस्था हो , हामीले गरेपछि अरूले गरून भन्ने हामी चाहन्छौ ।’ कोशी प्रदेशमा विगत ४ वर्ष देखि शिक्षादीप कलेज उत्कृष्ट हुँदै आएको उनले बताए । ६ दिनको कार्यशालाबाट विद्यार्थीले धेरै कुराको ज्ञान हासिल गर्ने खड्काले बताए ।

पुष २ गते कलेजले आयोजना गर्ने समापन समारोहमा विद्यार्थीहरुले आविष्कार गरेका विज्ञानसम्बन्धी सामग्री प्रदर्शनमा ल्याइने कलेजले जनाएको छ । विद्यार्थीहरुले आविष्कार गरेका विज्ञान सम्बन्धी सामाग्रीको विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गर्ने समेत जनाइएको छ ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]