विराटनगर / विराटनगर माहानगरपालिका वडा – ७ सातघुम्ती सडक स्थित कवाडी पसलमा आगलागीमा ज्यान गुमाएका परिवर्तनलाई राहत उपलब्ध गराउने भएको छ । उक्त आगलागीमा ज्यान गुमाएका पीडित परिवार तथा घाइतेलाई विराटनगर महानगरपालिकाले केही राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने नगरका मेयर नागेश कोइरालाले जानकारी दिए । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ राहत दिने भएको छ ।

विराटनगर माहानगरपालिका वडा – ७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा हिजो दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो ।

सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । घटनामा घाइते भएका विराटनगर माहानगरपालिका वडा – ६ का ५८ वर्षीय किशोर पासवान , ६० वर्षीया रीता सरदार , ६५ वर्षीया सुनिता कामत र कटहरी – ६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको कोइरालाले बताए ।

यसैबीच , महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ । “ भविष्यमा यस्ता विपद नआओस् भनेर महानगरपालिका गम्भीर छ । त्यसका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ,” महानगरका मेयर नागेश कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “यसअघि पनि कवाडी व्यवसाय व्यवस्थापनका लागि महानगरले पटक–पटक सरोकारवालासँग छलफल गरेर सुरक्षा मापदण्ड पूरा गर्न अनुरोध गरेको स्मरण गराउन चाहन्छु ।” आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने कोइरालाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]