विराटनगर / काेशी प्रदेशको विराटनगर माहानगरपालिका वडा – ७ स्थित सातघुम्तीमा रहेको कवाडी पसलमा आज आगलागी भएको छ । उक्त दिउँसो भएको आगलागीमा एक कवाडी पसलको गोदाम आगलागीमा परी पाँच जना घाइते भएका छन् ।
सातधुम्तिमा भएको आगलागीमा तीन जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको विराटनगरस्थित न्यूरो हस्पिटलमा र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म ७५ प्रतिशत आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका , सुन्दरहरैचा र दुहबी , नगरपालिकाको दमकल , स्थानीय जनता र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीको कारण हालसम्म खुलेको छैन ।