Rajbanshi Khabar

मंगलबार, मंसिर १९, २०८०

कटहरी / भ्रष्टाचार मुद्दाका प्रतिवादीहरू पक्राउ फरार प्रतिबादीहरुको खोजी तथा पक्राउको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सम्मानित विशेष अदालत, बबरमहल, काठमाण्डौंको मिति २०७९/१२/०८ गतेको फैसलाले भ्रष्टा चार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भएका निम्न प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०८।१८ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको ।

निम्नअनुसार छन् ।
सि.नं. प्रतिवादीको नाम मुद्दा शिर्षक कैद जरिवाना
१ मणिराज दाहाल राजश्व रकम हिनामिना ७ बर्ष ११ महिना २३ दिन कैद
रू. ४,३४,०५,५९४ जरिवाना
२ नयराज नेपाल राजश्व रकम हिनामिना ८ बर्ष कैद
रू.१२,३५,२९,३४२।- जरिवाना
३ कुमार बहादुर कटुवाल राजश्व रकम हिनामिना ६ बर्ष कैद
रू. १,०१,६५,८१२।- जरिवाना
४ टिकाराम अधिकारी राजश्व रकम हिनामिना ९ बर्ष कैद
रू. २८,१५, ९३,८८४।- जरिवाना
५ देवराज नेपाल राजश्व रकम हिनामिना ८ बर्ष ६ महिना कैद
रू. २२,४५,२७,६७६।- जरिवाना
जम्मा कैद: ३९ वर्ष ०५ महिना २३ दिन
जरिवाना: रु. ६८ करोड ३२ लाख २२ हजार ३०८ मात्र ।

सम्मानित अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत जि.प्र.का. मोरङले आर्थिक वर्ष २०८०/०८१ मा मिति २०८०।०८।१७ गते सम्म फरार रहेका २१० जना प्रतिवादीहरू पक्राउ गरेकोमा मिति २०८०।०८।१८ गते पक्राउ गरेका थप ५ जना समेत गरी जम्मा २१५ जना फरार प्रतिवादीहरूलाई सम्मानित मोरङ जिल्ला अदालतमा बुझाई कूल ८५ बर्ष १० महिना १५ दिन कैद र रू ६८ करोड ६८ लाख २६ हजार ७३२।- जरिवाना अशुल गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]