विराटनगर / बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९५ लाख रुपैयाँको कारोबार गरेको छ । । सहकारीले गरेको कारोबारबाट १ करोड ६८ लाख रुपैयाँ खर्च गरेका छन् । ऋणीहरुले लिएको ऋणको तोकेको समयमा साँवा र ब्याज नबुझाउँदा सहकारीले कर्जा जोखिम कोषमा मोटो रकम जम्मा गर्नुपर्ने भएकोले २८ लाख रुपैयाँ मात्रै बचत भएको सहकारीका लेखा संयोजक अविनाश निधिले बताए ।

सहकारीमा ४ सय ८४ महिला र ३ सय ७८ पुरुष गरेर ८६२ जना शेयर सदस्य रहेका छन् । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले सोमबार स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभा मनाएका छन् । सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा भएको स्थापना दिवस एवं १५ औं वार्षिक साधारण सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

साधारण सभामा सहकारीका पूर्व अध्यक्ष गोविन्द्रप्रसाद दाहाल, समाजसेवी बल्लभप्रसाद दाहाल, दुर्गा चापागाईं, नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवाहक अध्यक्ष तारा आचार्य लगायतका विशिष्ट व्यक्तिहरू अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

यस समाचार चिरफार अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]