Rajbanshi Khabar

आइतबार, मंसिर १७, २०८०

कटहरी / फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले लागुऔषध, आसय करणी, विना ईजाजत वन पैदवार कसूरमा दोषी ठहर भई फरार रहेका निम्न प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र ईप्रका विराट चौकबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०८।१५ गते र १६ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।

निम्नअनुसार छन् ।
सि.नं. प्रतिवादीको नाम मुद्दा शिर्षक कैद जरिवाना
१ सुजन रानामगर लागू औषध रू ३७५।-
२ टेक बहादुर श्रेष्ठ विना ईजाजत वन पैदावर रू. २९१५०।-
३ गोपाल मगर आसय करणी रू. ५०००।-
४ रोविन कुमार घिमिरे विना ईजाजत वन पैदावर रू.९२८५।-
५ मेख बहादुर तामाङ विना ईजाजत वन पैदावर रू.२५०।-
६ जनकराम कामी लागूऔषध ४ महिना १५ दिन कैद, रू. २०००।-
७ नविन पुरी लागूऔषध २५ दिन कैद
८ रूपेश तामाङ लागूऔषध हिरोईन ३ महिना ९ दिन कैद
९ करण मगत लागूऔषध ब्राउन सुगर १७ दिन कैद
१० विपन लिम्बु लागूऔषध ३ महिना २१ दिन कैद, रू ५०००।-

सम्मानित अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत आर्थिक बर्ष २०८०/०८१ मा मिति २०८०।०८।१४ गते सम्म फरार १९७ जना प्रतिवादीहरू पक्राउ परेकोमा मिति २०८०।०८।१५ र १६ गते पक्राउ परेका थप १० जना समेत गरी जम्मा २०७ जना फरार प्रतावदीहरूलाई सम्मानित मोरङ जिल्ला अदालतमा बुझाई ५३ बर्ष ३ महिना २९ दिन कैद र रू ३६,०४,४२४।- जरिवाना अशुल गरिएको ।

यस समाचार जिल्ला प्रहरी कार्यालय फेसवुक पेज वाट जस्ता काे उस्तै साभार गरिएको हाे

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]