विराटनगर / मोरङको जहदा गाउँपालिकाले कार्यालयको महत्वपूर्ण कागजात जलाउने पूर्वलेखा अधिकृत प्रतिक भण्डारीलाई कारवाही गर्न लेखापरीक्षणको पर्खाइमा रहेका छन् । केही दिनपछि महालेखा परीक्षकको कार्यालय जहदा गाउँपालिकाको लेखा परिक्षण गर्न टोली पठाउन लागेका हुन् ।

जहदा गाउँपालिकाका पूर्वलेखा अधिकृत प्रतिक भण्डारीले गत आर्थिक वर्ष २०७९/०८० मा खर्च गरेको रकमको केही कागजात सरकारी बिदाको दिन जलाएका थिए ।

२०८० असोज ३ गते संविधान दिवसको दिन संघीय, प्रदेश र स्थानीय तह गरेर तीन तहकै सरकारले सरकारी बिदा मनाई रहेको दिन जहदा गाउँपालिकाका पुर्वलेखा अधिकृत प्रतिक भण्डारीले कार्यालय खोलेर केही महत्वपूर्ण कागजात जलाएका थिए । आर्थिक वर्ष २०७९/०८० मा अवैध तरिकाले विकास निर्माणदेखि सडक मर्मत सम्भार शीर्षकमा मोटो रकम खर्च गरिएको र त्यसरी खर्च गरिएको रकमको प्रमाण नष्ट गर्न भण्डारीले महत्वपूर्ण कागजात जलाएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको दबाबमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले कार्यालयमै जलाइएको कागजातको मुचुल्का तयार गरेका थिए । तर कागजात जलाइएको तीन महिना भइसक्दा पनि भण्डारीलाई कुनै किसिमको कारवाही गरिएको छैन । र कारवाही गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छैन । जहदा गाउँपालिकामा जलाइएको कागजातको विषयमा पूर्वलेखा अधिकृत भण्डारी, गाउँपालिका अध्यक्ष साह र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवको संलग्नता रहेको आशंका गरिएको छ ।

लेखा अधिकृत भण्डारीको जहदा गाउँपालिकाबाट अन्यत्र सरुवा भई सकेका छन् । गाउँपालिका अध्यक्ष साहले महालेखा परीक्षकको कार्यालयबाट खटिने लेखा परीक्षणले यकिन नगरेसम्म जलाइएको कागजात फेला नपर्ने बताए । महालेखा परीक्षकले लेखा परिक्षण गर्दा गत आर्थिक वर्ष २०७९/०८० मा खर्च भएको शीर्षकको कुन कुन कागजात भेटिँदैन त्यही कागजात जलाइएको प्रमाणलाई आधार बनाएर पुर्वलेखा अधिकृत भण्डारीलाई कारवाही गर्ने बताए ।

यस जहदा गाउँपालिकाकाे समाचार चिरफार अनलाइन पत्रिका वाट साभार गरिएको हाे । समाचार तयारी ब्रह्मदेव यादव गरेको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]