विराटनगर / मधेश प्रदेशको धनुषा जिल्लामा सामुहिक अन्तर्जातीय विवाहमा १३ जोडी सहभागी भई विवाह सम्पन्न भएको छ ।
मिथिला नगरपालिका वडा – २ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक एवम् आदर्श तथा अन्तरजातीय विवाहमा नेपालका चार जोडी र भारतका ९ जोडी रहेका थिए । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो ।
असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।
उक्त विवाह पूर्णत आदर्श एवं दाइजोमुक्त हुन्छन् । जातीय वा अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्टले दावी छ ।
आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीब दासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।
यस सामुहिक विवाहको समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।