कटहरी / मोरङ व्यापार संघले आगामी महिना पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । काेशी प्रदेशको राजधानी विराटनगर माहानगरपालिका – २ शंकरपुरमा ‘ मोरङ व्यापार संघ ट्रेड एक्पो २०२३ ’ आयोजना गर्न लागेको हो । एक्स्पोमा अन्तर्राष्ट्रिस्तरको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने आयोजकले जनाएको छ ।
हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो २५० ओटा स्टल राखिने जानकारी दिदै एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामग्रीसँगै भारत , बंगलादेश र पाकिस्तानबाट पनि स्टल राखिने एक्स्पो संयोजक अनिल साहले जानकारी दिए । एक्स्पो चार लाख दर्शकले अवलोकन गर्ने व्यापार संघका अध्यक्ष नवीन रिजालले दावी गरे ।
संघले विगतमा पनि यस प्रकारको एक्स्पो आयोजना गर्दै आएको थियो । यस एक्स्पोमा १५ करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरेको छ । एक्स्पो सञ्चालन गर्न ३ करोड रुपैयाँ लगभग खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।