Rajbanshi Khabar

आइतबार, कार्तिक २६, २०८०

कटहरी / जाडो महिना लागेसँगै बिहान र बेलुकी तराईको लोकप्रिय खानाकाे रुपमा भक्का बनाएर चोकहरुमा बिक्रीवितरण गरिएको देखिन्छ ।

राजवंशी समुदायको खानाको परिकारकाे रुपमा रहेको भक्का झापा , माेरङ र सुनसरी गरि देशको विभिन्न ठाउँहरुमा बिहान बेलुकी चाैकहरुमा बिक्रीवितरण सुरु भइसकेको छ ।

सङघिय राजधानी काठमाडौं लगायत काेशी प्रदेशकाे राजधानी विराटनगरको मुख्य बजारदेखि आसपासका चोकहरुमा भक्का बेच्ने र भक्काको पारखीहरुको हरेक दिन जमघट भइरहेको तपाईहरुकाे चाैकहरुमा हेर्न सकिन्छ । बिहान र बेलुकीको चिसो मौसममा तातो-तातो भाक्कालाई नास्ताको रुपमा खाने गरिन्छ । हिउँद महिना लागेसँगै चोकहरुमा वरिपरि बसेर भक्का खानेको भिड बिस्तारै बढ्दै गएको छ ।

चामलको पिठोबाट बनाइने भक्कालाई सुपाच्य भोजनको रुपमा लिइन्छ । माटो वा अरु कुनै भाँडोमा पानि तताएर त्यसको बाफलाई स–साना प्वाल भएको माटोको प्लेटबाट बाहिर निकालेर त्यसमा चामलको पिठो राखिन्छ र सुतीको कपडाले छोपिन्छ । सोही पानीको बाफले चामलको पिठो पाकेपछि भक्का तयार हुन्छ ।

भक्कालाई चिया, धनियाँ र गोलभेडाको अचार (चटनी), आलुचप, नुन–खोर्सानीे आदिसँग खाने चलन छ ।
भक्का राजवंशी समुदायको सांस्कृतिक खाना पनि हो । राजवंशीहरुले प्रत्येक वर्ष मोरङ, सुनसरी र झापामा यसलाई भक्का दिवसको रुपमा पनि मनाउँदै आएका छन् ।

कोचिला गबुर फन्टले २०७४ पुस २९ गतेदेखि यो दिवस मनाउन थालेको संस्थापक अभय राजवंशीले बताए ।
त्यस दिन राजवंशी कला संस्कृति झल्काउन उनीहरु संस्कृतिक पहिरनमा भेला भएर भक्का पकाउने, नाचगान गर्ने आदि माध्यमबाट दिवस मनाउने गरेका छन् ।

भक्का कुनै समुदायको पहिचान झल्काउने खाना मात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बनेको छ । भक्का बेचेर हुने आम्दानीले यस क्षेत्रमा सयौंले सिजनल खर्च जुटाउने गरेका छन् । हिउँद महिनाभर भक्का बेचेर घरको गर्जो टार्नेहरु यस क्षेत्रमा प्रसस्ती छन् ।

माेरङकाे धनपालथान गाँउपालिकाकी ३६ वर्षे कृष्णदेवी पासवान विराटनगरमा ३ वर्षदेखि भक्का पकाएर बेच्ने काम गर्दै आएकि छन् । विराटनगरको मधुमारामा डेरा लिएर परिवारसँग बस्दै आएकी उनी जाडो यामभरी भक्का पकाएर बेच्छिन् र बाँकी समय मकै पोलेर परिवारको आवश्यकता पूरा गर्छिन् ।

कृणदेवीले बनाएको भक्का नरुचाउने कमै छन् । उनले प्रतिगोटा १५ रुपैयाका दरले भक्का बेच्ने गरेको बताइन् । त्यसबाट राम्रो कमाइ हुने र घर खर्च जुटाउन सहयोग पुगिरहेको उनको भनाइ छ ।

भक्का बेच्नेहरुले पेशाको रुपमा त्यसलाई अवलम्बन गरेका छन् र त भक्कामोह भएकी प्रिया राजवंशीहरुले विराटनगर बजारमा पनि सहजै चाहेको बेलामा खान पाएकी छन् । उनी भन्छिन् ‘भक्का मलाई एकदमै मनपर्छ, सानैदेखि खाएकोले पनि होला जाडो महिना लागेपछि भक्का खाउँखाउँ लाग्छ र खान पाउँदा सन्तुष्टि मिल्छ ।’ उनले बजारमा भक्काको मूल्य अलि महंगो परेकोमा भने गुनासो गरिन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]