बिराटनगर / धनकुटा, भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १७ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुमा करिव ७८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २५ हजार ८ सय गाँजाकावोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुको पाखा बारीमा लगाएको करिव १०३ रोपनी क्षेत्रफलमा रहेको २० हजार ९ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ भने उदयपुरको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका स्थित बिभिन्न स्थानहरुमा रहेका १५ हजार गाँजाको बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ ।
यस समाचार क्राइम अपरेसन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।