चकचकी झापा / रणकुमार राजवंशीको ‘बागडुम्का’ नामक कविता संग्रह विमोचन भएको छ ।

राजवंशी समाज विकास समिति बाह्रदशी गाउँ कार्य समितिद्वारा शनिवार आयोजित कविता गोष्ठी एवंम बागडुम्का कविता संग्रह विमोचन कार्यक्रममा श्रम तथा यातायात पूर्व राज्य मन्त्रि टेकनारायण सिंह राजवंशीले पुस्तकको विमोजन गरेका हुन् ।

बाह्रदशी गाउँपालिका वार्ड नं. ५ स्थित जेष्ठनागरिक सभाहलमा आयोजित कार्यक्रममा कवि रण कुमार राजवंशीले कविता संग्रहबारे प्रकाश पार्दै कविता मार्फत हाम्रो समाजको वर्तमान अवस्थाको बारेमा अत्यन्तै मार्मिकरुपमा प्रस्तुत गरेको बताए ।

राजवंशी भाषामा प्रकाशित कविता संग्रह पुस्तकमाथि समिक्षा गर्दै आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम सिंह राजवंशीले कविता संग्रहले हाम्रो समाजको संस्कृति, लुवाइखुवाई, चार्ड पर्व, इतिहास, विकृति विसंगतिलगायत विविध विषयको उजागर गरेको बताए ।

समाजको दर्पणकोरुपमा रहेको कविता संग्रह बागडुम्का सबैको प्रतिनिधित्व गरेको प्रतिष्ठानका अध्यक्ष राजवंशीले बताए । समाजिक एवं राजनैतिक व्यत्तित्व बाह्रदशी साहित्य प्रतिष्ठानका अध्यक्ष दयानन्द गोस्वामीले कवि रणकुमार राजवंशीको एउटा कवितामा सामाज रुपान्तरण खोए ? नामक कविता अति नै राम्रो भएको बताए ।

व्यवस्था परिवर्तन भयो तर मुलुकमा नागरिकको अवस्था राम्रोसंग परिवर्तन भएन किन ? कारण के हो ? परिवर्तन ल्याउन समाजवादी अवस्था ल्याए समाज रुपान्तरण अवश्य हुने कविता मार्फत कविजीले सरल र सामान्य रुपमा सन्देश दिएको बताए ।

यस समाचार काेचिला न्यूज अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]