विराटनगर / थारु कल्याणकारीणी सभा (थाकस) विराटनगरले विजया दशमी , तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड , थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरका छन् ।
थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समिति सभापति प्रेमलाल माझीको अध्यक्षतामा बसेको वृहत भेलाले विराटनगर-२ तीनपैनीमा कार्तिक १८ गते हुने कार्यक्रममा सहभागीता जनाउन निमन्त्रना आएतापनि सो कार्यक्रममा सहभागी पठाउन असमर्थ रहेको र समितिको तर्फवाट कार्यक्रमलाई बहिष्कार गरेको निर्णय पारित गरेका छन् ।
समितिल विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा सम्पुर्ण थारु जतिको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।
थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले सभाको विधान २०७५ अनुसार विधानको परिच्छेद ७ को दफा ३१ मा १ सभापति समेत १५ देखि २१ सदस्य जिल्ला कार्य समिति हुनेछ भनी व्यवस्था हुँदा हुँदै पनि अध्यक्ष बाहेक निर्वाचन गर्न खोजेको भन्दै थाकस मोरंगमा विवाद हुँदै आएको छ ।