Rajbanshi Khabar

मंगलबार, आश्विन ३०, २०८०

कटहरी / श्री जनप्रिय मावि कटहरीकाे करिब ८० लाख लागतकाे भवन उदघाटन भएको छ । श्री जनप्रिय मावि कटहरीकाे चार काेठे भवन कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरी तथा उपाध्यक्ष सिता देवि राजवंशीले रिबन काटि भवनको उदघाटन गरिएको छ ।

विध्यालयकाे दक्षिण र पश्चिमकाे बिच प्राङ्गणमा उक्त चार काेठे भवन ८० लाख लागत वाट निर्माण गरिएको छ । कटहरी गाउँपालिका ४४ लाख र राष्ट्रियपति सुधार याेजना अन्तर्गत ३६ लाख गरी जम्मा ८० लाख लागतमा निर्माण भएको हाे ।

उदघाटन कार्यक्रममा १८ विघा जग्गा विध्यालयकाे नाममा हुनुपर्ने बताउँदै प्र.अ राजकुमार चाैधरीले लगभग एक महिना भित्र जग्गाकाे सम्पुर्ण सम्पतिकाे लालपुर्जा विध्यालय सङ रहने बताए । विध्यालयकाे १८ विघा जग्गा सम्पति खाेलामा परिनत भएको भन्दै आएका चाैधरी , एक महिना भित्र विध्यालयलाई फिर्ता हुने बताए ।

कार्यक्रममा डाक्टर , वकिल , इन्जिनियर र शिक्षक यही विध्यालय वाट उत्पादन भएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले बताए । यस विध्यालयमा मेराे बाबा शिक्षक रहनुभएकाे भन्दै +२ सन्चालन नहुदा दुख ब्यक्त गरिएको अध्यक्षले बताए ।

उक्त विध्यालय वि.स २००६ सालमा सनिश्चर चाैधरीले स्थापना गरिएको बताउदै पुर्व प्र.अ भिम बहादुर राजवंशीले यही विध्यालय वाट डाक्टर , वकिल , इन्जिनियर तथा देशको धेरै राम्रो ठाउँमा पुगेको बताए । शिक्षा र टिनको छानाकाे केही मतलब नहुने बताउदै शिक्षा जस्तो सुकै अवस्थामा हाशिल गर्नसकनुर्पछ भनि बताए । सनिश्चर चाैधरी वि.स २००६ सालमा स्थापना भएको विध्यालय आज ७४ वर्ष भएको बताए ।

गाउँ विकास समिति भएको समयमा टिनको छाना र राम्रो सेवा सुविधा नभएको समयमा पनि तिन ओटा विध्यालय खाेलेकाे पुर्व काेशी प्रदेश सभा सदस्य बिध्यानन्द चाैधरीले बताए ।

उदघाटन तथा सिलन्यास कार्यक्रममा कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवि राजवंशी , विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश जैशानि , कटहरी वाडा -३ का अध्यक्ष जदुलाल कामत , वाडा सदस्य बलि दास , शंकर पासवान लगायत अन्य पदअधिकारि तथ शिक्षकहरुकाे उपस्थिति रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]