Rajbanshi Khabar

सोमबार, आश्विन २९, २०८०

विराटनगर / नेपाल चाटर्स एकाउन्टेन्सी संस्था (आईक्यान) ले हालै प्रकाशित चार्टर्स एकाउन्टेन्सी (सीए) को नतिजामा विराटनगर स्थित मेरिल्याण्ड करिअर एकेडेमीमा अध्ययनरत छात्रा विराटनगरकी शालु अग्रवाल बोर्ड फस्ट (सर्वोत्कृष्ट) भएकी छन् ।

अग्रवाल अन्तिम वर्ष (क्याप ३) को परीक्षाको नतिजा आएसँगै उनी सर्वोत्कृष्ट (बोर्ड फस्ट) भएको जानकारी कलेजले गराएको हो ।

आईक्यानले प्रकाशित गरेको नतिजामा ३७ जनाले सीए उत्तीर्ण गरेकोमा उनीहरु मध्ये शालुको प्राताङ्क सबैभन्दा बढी छ । आईक्यानको माघमा हुने वार्षिकोत्सवमा सीएमा सर्वोत्कृष्ट हुनेलाई स्वर्ण पदकसहित सम्मान गर्ने छ ।

आईक्यानले सीएको तीन वटा क्यापमा पहिलोको नतिजासँगै उत्कृष्ट १० को नाम सार्वजनिक रुपमा प्रकाशन गर्दै आएको छ । दोस्रो र तेस्रोको नतिजामा उत्कृष्ट १० को नाम प्रकाशन नगर्ने गरेको आईक्यानका पूर्व सदस्य डा. मोहन सुवेदीले जानकारी दिए ।

मेरिल्याण्ड करिअर एकेडमीले शालुलाई आइतबार सम्मान गरेको छ । कार्यत्रममा एकेडेमीका अध्यक्ष डा मोहन सुवेदी, सञ्चालकहरु प्राडा प्रमोदकुमार झा, प्राडा जीवनकुमार ढकाल, सीए अश्विनी बंशल, डा मनोज गुप्ता, प्रदिप भगत, कुलमणि तिम्सिना लगायतले सर्वोत्कृष्ट भएकी शालुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्राडा झाले शालु अग्रवाल नेपाल प्रथम भएकोमा बधाई दिंदै सीएलाई विश्वका सबै देशले उत्तिकै सम्मान गर्ने भएकोले विश्व नागरिक भएको बताए । डा सुवेदीले सीए अध्ययन गर्ने विद्यार्थीहरु धेरै भीडभाड हुने नभएको जनाउँदै उनले मेरिल्याण्ड करिअर एकेडेमीमा दुई सयको हाराहारीमा मात्र सीए अध्ययनरत विद्यार्थी भएको बताए । काठमाडौं उपत्यका बाहिर विराटनगरले नै पहिलो पटक सीए अध्ययन सुरु गरेको र निरन्तर बोर्डको सूचीमा मात्र नभएर बोर्ड फस्ट नै ल्याउनुले कोशी प्रदेशकै गौरव बढेको महसुस भएको डा सुवेदीले बताए । एकेडेमीले एसीसीए अध्यापनका लागि स्वीकृति लिइ सकेकोले चाँडै सुरुवात गर्ने तयारी गरिरहेको उनले बताए ।

सो अवसरमा एफसीए अश्विनी बंशल, सीए सुरज तिम्सिना, सीए युवराज उप्रेती, सीए अस्मिता अधिकारी, एकेडेमीका सञ्चालक विनयविष्णु केसी, सर्वोत्कृष्ट विद्यार्थी शालु अग्रवाल, सीएका विद्यार्थी राहुल अग्रवाल लगायतले मन्तव्य राखेका थिए । एकेडेमीका कार्यक्रम संयोजक सीए किञ्जल पोखरेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

एकेडेमीका विद्यार्थीद्वय युवराज उप्रेती र बैशाली ठाकुरलाई पनि सीए उत्तीर्ण गरेको भन्दै गत वर्ष पनि यसैगरी सम्मान गरिएको थियो । सोही अवसरमा दशैं, तिहार र छठ पर्वको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]