Rajbanshi Khabar

शनिबार, आश्विन २७, २०८०

विराटनगर / विराटनगर वाडा – ९ मा रहेको शिक्षालय एजुकेशन फाउण्डेशनले पनि विराटनगरमा एसिसिए कोर्ष सुरु गरेको छ ।

विराटनगरमा फाउण्डेशनले एक कार्यक्रम गरी एसिसिए कोर्ष सञ्चालनमा ल्याए हो । यस अघि विराटनगरमा सोम्स कलेजमा एसिसिए कोर्ष ल्याएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड एकाउन्टेट बन्न सक्छन् र एसिसिए कोर्षको स्कोप विश्वव्यापी रुपमा रहेको एजुकेशनका निर्देशक शैलेन्द्र सिवाकोटीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो कोर्ष धेरै उपयोगी कोर्ष हो,’ उनले भने । यस कोर्षमा एसईई पछि नै विद्यार्थी आवद्ध हुन सक्छन् । प्लस टु, व्याचलर, मास्टर्स, सिए अध्ययनरत तथा अध्ययन सकेका विद्यार्थीले पनि यो कोर्ष अध्ययन गर्न पाउँछन् ।

साढे तीन वर्षको अवधिमा यो कोर्ष सकिने एसिसिएका को–अर्डिनेटर मनिस साहले बताए । प्लस टु सकेर अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले प्लस टुसँगै यो कोर्ष पनि पढ्न सक्छन् । पढ्दापढ्दै बाहिर गएपनि विश्वको जुनसुकै देशमा गएर पुरा गर्न सकिने र पास गरेका विषयहरुको आधारमा विश्वब्यापी रूपमा रोजगारको अवसर पाइने उनले बताए । ‘विद्यार्थीले जुन लेभल कटाएका छन सोही अनुसारको जागिर पनि पाउँछन्,’ उनले भने, ‘दक्ष तथा अनुभवी सिए र एसिसिएले पढाउने हुँदा विद्यार्थीलाई शिक्षालय एजुकेशन फाउण्डेशनमा नै गुणस्तर शिक्षा दिन सफल भएका छौं ।’

एसिसिए सर्टिफाइड भएपछि विश्वको जुनसुकै स्थानको काम घरमा नै बसेर पनि गर्न सक्ने फाउण्डेसनका निर्देशक भरत सापकोटाले बताए । उच्च शिक्षा अध्ययन तथा कामका लागि विदेश जान चाहने विद्यार्थीका लागि झनै बढी राम्रो अवसर हुने उनको भनाइ छ । ‘प्लस टु पछि उच्च शिक्षा अध्ययनको लागि बाहिर जाने प्रचलन बढ्दो छ । जसले गर्दा हरेक नेपाली विद्यार्थीले आफ्नो क्षेत्रमा सम्मानजनक काम पाउन कठिन छ तर एसिसिए गरेर जादा आफ्नो लेवलको काम पाउने हुँदा विश्वमा यसको महत्व दैनिक रूपमा बढ्दो छ,’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरको प्रोफेसनल कोर्ष भएको कारणले नेपालमा पनि अनलाइन तथा फिजिकल रोजगारको अबसर बढ्दो रहेको छ । जुन विषय फेल भयो त्यो मात्र दिदा हुने, हरेक ४–४ महिनामा परीक्षा दिन पाइने लगायत धेरै सुबिधाका कारणले युके बोर्डको चार्टर्ड एकाउन्टेन्ट कोर्ष नेपाल र ईन्डियन बोर्ड भन्दा धेरै सहज र महत्वपूर्ण रहेको छ ।

अब विद्यार्थीहरुलाई काठमाण्डौं जानु नपर्ने र आफ्नो शहर विराटनगरमानै गुणस्तर शिक्षा प्राप्त गर्न शिक्षालय एजुकेशन फाउण्डेशनलले सहज गराएको निर्देशक लक्ष्मण ढकालले बताए । एसिसिए कोर्समा भर्ना खुलिरहेको र इच्छुक विद्यार्थी र अभिभावकले सम्पर्क गर्न सक्ने उनले बताए । यो एसिसिए कोर्षले विद्यार्थीहरुलाई रोजगारी ग्यारेन्टेड शिक्षा दिने बताए । यस कोर्षको विश्वका १८१ भन्दा बढि देशहरुमा मान्यता रहेको छ ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]