कटहरी / विराटनगरमा विषेश दशैँ सडक महनेत्सब चाडैं सुरु हुनेभएको छ । आउदै गरेकाे विजया दशमीलाई लक्षित गरी विराटनगरकाे महेन्द्र चाैकमा विभिन्न जातजातिका खानाको प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम गर्नेभएको छ ।
हिजो बिहिवार नेपाल पत्रकार माहासङ माेरङ जिल्ला शाखाको सभा हलमा पत्रकार सम्मेलन गरी जतिन ताम्राकारले बताए । उक्त दशैँ सडक महाेत्सब २०८० फुड फेस्टिबलमा राजवंशी , नेवार , लिम्बू तथा अर्गाणिक फुड स्टल रहनेछन् ।
दैनिकी साँझ सांकेतिक प्रस्तुति रहने उक्त कार्यक्रम दशैँकाे घटस्थापना देखि फुलपाति सम्म ( अशाेज २८ गतेदेखि कार्तिक ४ गतेसम्म ) सात दिन सन्चालन हुने त्यारी भइरहेको छ । सडक महाेत्सबमा २५ ओटा क्यानाेपि ले सजिने आर्कषक फुड स्टलहरु हुनेछ ।
विराटनगर काे मुटु महेन्द्र चाैक देखि ट्राफिक चाैकसम्म दशैँ भाइब्स श्रिङ्गार गर्ने त्यारी भइरहेको छ । विषेश दशैँ सडक महाेत्सब आयाेजक मन्जिना मुभिज क्रिएशन , भाजु युवराज फाउन्डेसन रहेको छ भन्ने इभेन्ट काे जिम्मा भाइरल इभेन्ट ले गरिनेभएकाे छ ।