Rajbanshi Khabar

शनिबार, आश्विन १३, २०८०

विराटनगर / राजवंशी समाज उत्थान समिति विराट द्वारा महिलाहरुले जितिया उत्सव मनाएका छन् । मा्रङका विराट राजवंशी महिला समुहले जितिया उत्सव आज मनाएका छन् । विराटनगर माहानगरपालिका वाडा – १२ स्थित सामुदायिक भवनमा आज एक कार्यक्रम आयोजना गरी जितिया उत्सव भब्यताकासाथ मनाएका छन् ।

उक्त जितिया कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की रहेको छ । यस जितिया चाडपर्वले एक अर्काकाे समुदायलाई जोड्ने भएकाले समुदायको संस्कृतिलाई संरक्षण गरिनुपर्ने बताइन् ।

सबै समुदायका चाडपर्वहरु निश्चित र बिशिष्ठ उद्धेश्य बोकेको हुनाले समुदायका चाडपर्व र संस्कृति संरक्षण आवश्यक रहेको बताइन् उपप्रमुख कार्किले बताए । उनले चाडपर्वको संरक्षणगर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।

उक्त कार्यक्रम संयोजिका सुशिला राजवंशीले जितिया राजवंशी महिलाहरुको मौलिक र निष्ठाको पर्व रहेको बताइन् । विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशीले बखरीमा २०६३ सालदेखी निरन्तर जितिया उत्सव आयोजना गर्ने गरिएको जानकारी दिए ।

कार्यक्रममा समाजसेवी बसन्त राजवंशी,आयोजक समुहकी सचिव देविका राजवंशी लगायतले संस्कृति संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए ।सो अवसरमा समुदाय भित्रका कलाकारहरुले मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]