Rajbanshi Khabar

बुधबार, आश्विन ०३, २०८०

विराटनगर / माेरङकाे विराटनगर जाेगवनि नाकामा नेपाल र भारतकाे सिमा क्षेत्रमा लागुआ‌ैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन ।

गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ गरिसकेपछि साे रहस्य खुलेकाे हाे ।

साे सम्बन्धमा जाेगवनी प्रहरी चौकी इन्चार्ज भगतलाल मण्डलले मंगलबार साँझ टिकुलिया कोलोनी इन्द्रनगरमा छापा मारेर गजेन्द्र सिंहलाई टिकुलियास्थित उनको घरबाट १९८५ थान लागुऔषध सुईसहित पक्राउ गरेको थियो ।

छापा मार्ने कार्यमा प्रहरी चौकी प्रमुख बाहेक प्रशिक्षार्थी पुनी कुणाल श्रीवास्तव लगायत प्रहरी चौकीका अन्य प्रहरी संलग्न थिए ।

पक्राउ परेका अभियुक्तलाई न्यायिक हिरासतमा राखेर अररिया पठाइएको र लागुआ‌ैषध काराेबारमा जहिले पनि नयाँ अनुहार पक्राउ परने गरेकाे प्रहरी चौकी प्रमुखले बताए ।

सिमा क्षेत्रमा प्रहरी र एसएसबीले समय समयमा अभियान र सूचनाका आधारमा कारबाही गर्दै आएको छ । प्रहरीकाे निगरानी हुदाहुदै पनि जोगबनीमा लागुऔषध कारोबार रोकिएको छैन । हरेक दिन नयाँ नयाँ अनुहार प्रहरीको चपेटामा पर्दै आएका छन ।

नेपाल भारतका खुल्ला सिमानाका कारण नेपालबाट भारत तर्फ गाजा तस्करी गर्ने र भारतबाट प्रतिबन्धित लागुआ‌ैषधहरू नेपाल भित्र्याउने गिराेहहरू सक्रिय हुँदै गरेकाे देखिन्छ ।

याे समाचार क्राइम अपरेशन वाट प्रकाशित गरिएको जानकारी गराउद छाै ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]