विराटनगर / विराटनगर महानगरपलिका वडा नम्बर २, प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो कैँची हतियार प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । साथै उत्त कैँची प्रहारमा दुईजना घाईते भएका छन । मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकी बस्ने २१ वर्षिया करण कामत रहेको छ । घाइते हुनेमा सोही ठाउँ बस्ने बर्ष १७ को अमन राय र बर्ष २२ को बिक्रम मण्डल रहेका छन ।
उक्त स्थानमा दुवै पक्ष बीच वादविवाद भई एक आपसमा झगडा हुँदा साथमा रहेको कैँची जथाभावी प्रहार गर्दा तत्काल घाईते भएकोमा १ (एक) जनाको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियोे । अन्य घाईतेको कोशी अस्पताल हुँदै हाल नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
सोही घटनामा संलग्न रहेको आरोपमा जिल्ला मोरङ विराटनगर वडा नम्बर ११ घर भई हाल वडा नम्बर २ स्थित विराट नर्सिंङ अस्पताल अगाडी डेरा गरी बस्ने सुरेश गिरीको छोरा वर्ष २० को सोनु गिरी, जिल्ला ताप्लेजुङ दोखु घर भई विगत ६÷७ वर्ष देखि सोही स्थानमा डेरा गरी बस्ने पेम्बा शेर्पाको छोरा वर्ष १८ को सन्तोष भन्ने निमा दावा शेर्पा (कैँची प्रहार गर्ने), जिल्ला भोजपुर भुल्के घर भई हाल विराटनगर वडा नम्बर २ विराट नर्सिङ अस्पताल अगाडी बस्ने चन्द्र बहादुर पुरीको छोरा वर्ष २० को संजय पुरी र मोरङ रंगेली घर भई हाल विराटनगर वडा नम्बर २ स्थित शनिहाट बस्ने बर्ष १६ को नाबालक। (नाम गोप्य) लाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेका छन ।