Rajbanshi Khabar

बुधबार, बैशाख २६, २०८१

बर्जु / र्वि नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो ।

यहाँ तीनजुरे क्षेत्रको वन चैतदेखि जेठसम्म गुराँसले ढकमक्क हुन्छ । लालीगुराँस रातो, रातो–सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा फुल्छ ।

तीनजुरे क्षेत्रका स्थानीय तिनजुरे–मिल्के–जलजले वनमा २८ प्रजातिका गुराँस पाइने बताउँछन् । कुन प्रजाति कहाँ पाइन्छ भन्ने उत्तर चाहिं छैन ।

तीनजुरे डाँडो लालीगुराँस नगरपालिकाको उत्तरी पाटो हो । यो डाँडोको उत्तर र उत्तरपश्चिम भाग संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ ।

तीनजुरे डाँडाबाट उत्तरतर्फ गुफापोखरीसम्मलाई भू–बनावटको हिसाबले तिनजुरे क्षेत्र भन्नु उपयुक्त हुन्छ ।

धर्मदेवीबाट उत्तर तेह्रथुमकै मेन्छायाम धाप गाउँपालिका र पश्चिममा संखुवासभाको मादी र चैनपुर नगरपालिका लगभग एकै उँचाइ र उस्तै पारिस्थितिक प्रणाली भएका भूभाग हुन् ।

तेह्रथुमको तीनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ ।गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । गुरास हेर्नका लागि यो मौसममा हजारौँ पर्यटक तीनजुरे पुग्ने गर्दछन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]