विराटनगर / कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश काेइरालाले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले काेइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखकाे कार्यालयमा गराएका हुन् ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।

माेरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता काेइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ माेरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]