बिर्तामोड / झापाका प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड – २ स्थित मोहनमाया माध्यमिक विद्यालय ५६ औं वार्षिकोत्सवको अवसर पारेर सम्पादक इन्द्रसिंह राजवंशीलाई सम्मान गरिएको हो ।

नेपालकाे राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका देवीका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार क्षेत्रको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा दाताहरू लीला–निला राउत र मनमाया खत्रीलाई समेत सम्मान गरिएको थियो ।

यस समाचार काेचिला न्यूज अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]